
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा घटेको छ ।
गत आर्थिक वर्षको असार समान्तसम्मको अवधिमा कम्पनीले ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.८४ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५४ करोड २४ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता कम्पनीको जीवन बीमाकोष १० अर्ब १० करोड ४७ लाख रुपैयाँबाट २७.७० प्रतिशतले बढेर १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ नाघेको छ । कम्पनीको ब्यवसायमा पनि सुधार देखिएका छ । समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १३.१४ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त ब्यवसाय ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा सीमित रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.०५ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ११.६३ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अभिकर्तालाई दिइने कमिशन भने ९.९० प्रतिशतले वृद्धि भएर ४६ करोड ७६ लाख रुपैयाँ नाघेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाँबाट घटेर ७.९२ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.८८ रुपैयाँ छ । ५ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २४ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।













समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?