
बागलुङ । बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको संगमस्थलमा गाजा दह पर्छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको गाजा दहमा सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ ।
गाजा दह पर्यटकीय र धार्मिक दृष्टिकोणले आकर्षक गन्तव्य पनि हो । यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् ।
यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहितका हिमालको दृश्याबलोकन गर्न सकिने भएपछि पछिल्लो समय आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा मेला लाग्ने गर्छ । बाला चतुदर्शीमा सतबीज छर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दहमा स्नान गरी सिद्वबराहको दर्शन गर्न भक्तजन पुग्ने गर्छन् । गण्डकी प्रदेशले दहलाई पर्यटन क्षेत्रमा सूचीकृत गरे पनि पूर्वाधार निर्माणमा बजेट नपाउँदा स्थानीय निराश छन् । गाजा दहमा आन्तरिक पर्यटकको चहल–पहल बढ्न थालेपछि सो क्षेत्रमा सामुदायिक घरबास समेत सञ्चालन आएको छ ।
गाजा दहमा चिसो मौसममा हिमपातमा रमाउनेदेखि अत्यधिक गर्मी छल्न आन्तरिक पर्यटकहरु आइरहने स्थानीय नरबहादुर थापाको भनाइ छ । गाजा दहमा पर्यटकीय पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गर्न बेवास्ता गरेपछि स्थानीय तहको पहलमा सिद्ध बराहको थानमा मूर्ति निर्माण गर्न सुरु गरिएको छ । मन्दिर व्यवस्थापन समितिको १० लाख र दाताबाट संकलन गरिएको १० लाख गरी २० लाख रुपियाँको लागतमा २० फिट अग्लो मूर्ति निर्माण सुरु गरिएको जैमुनी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए ।
केही महिनाअघि गाजा दहमा गरिएको महायज्ञबाट ७२ लाख रुपियाँ संकलन भएको रकमबाट १० लाख रुपियाँ मूर्ति निर्माणका लागि छुट्टाइएको हो । मूर्तिको शिलान्याश गर्दै पूर्व जनप्रतिनिधि तथा समाजसेवी मानबहादुर छन्त्यालले गाजा दहलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उनले मूर्ति निर्माणका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । यस्तै, जैमनी नगरपालिका –९ दमेक देउरालीखानी निवासी डम्बरबहादुर छन्त्याल र उनकी पत्नी भिमकली छन्त्यालले पनि गाजा क्षेत्रको सम्रग विकासका लागि एक–एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । महायज्ञमा संकलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने वडाध्यक्ष भुजेलले बताए । धार्मिक आस्थाको केन्द्र रहेको गाजा दहस्थित सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुननिर्माण गर्नेदेखि ताल संरक्षणसंगै एकीकृत विकासका लागि गुरुयोजना बनाउने तयारी भइरहेको वडाध्यक्ष भुजेलको भनाइ छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन