
सोलुखुम्बु । सोलुखुम्बुको थामे बाढी प्रभावित क्षेत्रको उद्धारमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक(डीएसपी) द्वारिकाप्रसाद घिमिरे पुरस्कृत भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कदरपत्रसहित पुरस्कृत भएका हुन् ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले डीएसपी घिमिरेलाई पुरस्कृत गरिन् । प्रजिअ खत्रीले भनिन्, ‘थामेमा आएको बाढी प्रभावितको उद्धारसहित जिल्लामा भएका विभिन्न विपत्तीका घटनाहरुमा प्रहरीले निभाएको भुमिकालाई कदर गरेका हौँ, घटना भएको छोटो समयमै प्रहरी पुगेर उद्धार गरेका कारण जिल्लामा यस वर्ष विपतमा कुनै मानविय क्षति व्यहोर्नुपरेको छैन् नेतृत्वको यस प्रकारको कुशलतालाई हामीले सम्मान गर्ने पर्छ ।’
बाढीले क्षति भएको केही घण्टा भित्रै प्रहरी पुगेर प्रभावित स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा सार्न मद्धत गरेका थिए । सो घटनामा प्रहरी प्रमुख घिमिरे आफंै पुगेर राहत तथा उद्धारमा सक्रिय भएका थिए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै