
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्ने बताएका छन् । टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)ले आज आयोजना गरेको ‘नवौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को शुभारम्भ गर्दै उनले पर्यटक पथप्रदर्शकका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लगिने बताएका हुन् ।
“पर्यटक पथप्रदर्शकका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ,” मन्त्री पाण्डेले भने । उनले पर्यटक पथप्रदर्शक नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताए । पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उनको भनाइ थियो ।
“पर्यटकलाई पथ प्रदर्शन गर्ने कुरा हाम्रो कर्तव्यभित्र पर्छ, यो कर्तव्यमा यहाँहरुले तदारुकताका साथ काम गर्नुहुनेछ, म यो मन्त्रालयको मन्त्रीको रुपमा के वचन दिलाउन चाहन्छु भने तपाईँहरुका जतिपनि मुद्दा छन् सरकारले समाधान गर्छ,” उनले भने । उनले काठमाडौँ केन्द्रित पर्यटक पथप्रदर्शकलाई सातै प्रदेशमा विस्तार गर्न एशोसियशन लाग्नुपर्नेमा जोड दिए ।
टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही गरिनुपर्ने बताए । अध्यक्ष देवकोटाले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शकले गरिरहेको बताए । हाल देशभर पाँच हजारभन्दा बढीले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिइसकेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम