
काठमाडौं । आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्।
हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्।
“फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्, “गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना गर्न नपरोस्।” उनले न्यायका लागि हुने आन्दोलनलाई केवल सम्झौता गरेर तत्काल सामसुम पार्ने प्रवृत्तिप्रति पनि सरकारलाई कडा चेतावनी दिएका छन्।
“सरकारले न्यायका लागि हुने हरेक आन्दोलन र संघर्षलाई एक थान हस्ताक्षर गरेर तत्काल सामसुम पारियो, समस्या हल भयो भन्ने कलुषित मनसाय राखेको छ भने एकैपटक विस्फोट भएको दिन अकल्पनीय परिस्थिति सिर्जना हुनेछ,” हमालले चेतावनी दिएका छन्।
हमालले गरिमाको न्यायलाई एउटा परिवारको मात्र विषय नभई राज्यको संवेदनशीलता, जवाफदेहिता र आगामी पुस्ताको सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।













समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो