
काठमाडौं । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ।
महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न विभागले निर्देशन दिएको हो।
यसअघि पनि दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने निर्णय महानगरपालिकाले गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्र सीमित र वास्तविकतामा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान र स्वामित्व परिवर्तनलगायतका विषयमा कानुन एवम् निर्धारित मापदण्डअनुसार काम कारबाही अघि बढाउँदै आएको छ।













समाचार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा