
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ । कांग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताएका हुन् ।
त्यसै अनुरूप कांग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो शृङ्खलामा सेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको छ । छलफलको सुरुवात गर्दै सभापति थापाले सेयर बजारको वर्तमान अवस्था र यसका चुनौतीहरूबारे पार्टीले गम्भीरतापूर्वक छलफल सुरु गरेको बताए । मुलुकमा निर्वाचन सम्पन्न भएपछि सेयर बजारले उत्साहजनक गति लिने धेरैको अनुमान र अपेक्षा रहे पनि व्यवहारमा त्यस्तो हुन नसकेको थापाले स्वीकार गरे । ‘निर्वाचन पछाडि सेयर बजार अत्यन्त राम्रोसँग अगाडि जाला भन्ने अनुमान थियो, तर दुर्भाग्यवश जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,’ थापाले भने । थापाले यसका कारणहरू, अप्ठ्याराहरू र तत्काल गर्नुपर्ने सुधारका बारेमा विज्ञहरूसँग सुझाव मागिएको जानकारी दिए ।
कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तुहरू र विज्ञका सुझावहरूलाई कांग्रेसको विज्ञ टोलीले संकलन गर्ने थापाको भनाइ थियो । सुझावहरूको आधारमा एउटा प्रतिवेदन तयार पारिने र त्यो प्रतिवेदन पार्टीका सांसदहरूलाई उपलब्ध गराइने थापाको भनाइ छ । ‘हाम्रा सांसदहरूले संसदमा कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउन सकुन् भनेर हामीले यो गृहकार्य गरेका हौँ,’ सभापति थापाले भने । डा.गोविन्द पोखरेलले संयोजन गरेको कार्यक्रममा अर्थशास्त्रीहरू, पुँजी बजारका विज्ञ र पार्टीका नेताहरूको सहभागिता थियो ।












समाचार
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
गरिमाको मुद्दालाई लिएर ममाथि ‘मिडिया ट्रायल’ गरियो : कानूनमन्त्री गौतम