
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण,इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्युत लाइन जडानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले यादवविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा विद्युत लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। अख्तियारले यादवविरुद्ध ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।
फेसबुक प्रतिक्रिया












समाचार
वायुसेवा निगम वित्तीय संकट : उद्धार उडानबापत १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी
चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर
दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा विभागले बोलायो बैठक
राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने
ढुक्क हुनुस्, सरकार काम गरिरहेको छ : बालेन
कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल
मनकामना केबलकार भोलि बन्द हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू
सेयर बजारमा २० अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम