
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् । पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए, जुन आइतबार स्वीकृत भयो ।
कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीसँग मतभेद बढ्दै जाँदा कुलपति (प्रधानमन्त्री) को दबाबमा लामिछानेले राजीनामा दिएको केही प्राध्यापक बताउँछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २०७७ मा आफू निकट लामिछानेलाई उपकुलपति र पार्टी महासचिव शंकर पोखरेलका नातोदार (भान्जा) अधिकारीलाई रजिष्ट्रारमा नियुक्त गरेका थिए ।
एक प्राध्यापकका अनुसार नियुक्ति भएदेखि नै दुई जनाबीच मतभेद थियो, एमाले भित्रको गुटगत राजनीतिले थप मलजल गर्यो । ती प्राध्यापक भन्छन्, ‘उनीहरुको व्यक्तिगत मतभेद देखिन्थ्यो नै, पछि पार्टीगत राजनीतिले थप बढायो भन्ने लाग्छ ।’ उपकुलपति लामिछानेले २६ असारमा कुलसचिव माधव अधिकारीलाई निलम्बन गरेका थिए ।













समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल
नेपालको अपराजित यात्रामा पूर्णविराम, हङकङसँग १५ रनले पराजित
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की