
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले पहिलो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो ।
पराजित भए पनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । आजको हारका बाबजुत पनि नेपाल समूह विजेता बनेको छ । दुवै टोलिको समान ६–६ अंक भए पनि नेपाल रनरेटका आधारमा समूह विजेता बनेको हो । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो । नेपालका लागि इशान पाण्डेले ९० रनको शानदार पारी खेलेपनि नेपालको हार टार्न सकेनन् । यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे ।
बलिङतर्फ हङकङका अइजज खानले चार, यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए । त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो । उसका लागि बाबर हयातले शतकीय पारी खेले । उनले ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।












समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र