
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) शीर्ष टोली पञ्जाब किंग्सले सिजनको पहिलो हार बेहोरेको छ । न्यू चण्डीगढमा भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्स लाई ६ विकेटले पराजित गरेको हो ।
२२३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाउँदै जित निकालेको हो । राजस्थानको जितमा डोनोभन फेरेइराले अविजित ५२ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । त्यस्तै यशस्वी जैसवाल ले ५१ रनको योगदान दिए । शुभम दुबे सँग मिलेर फेरेइराले पाँचौँ विकेटका लागि ३२ बलमा ७७ रनको महत्वपूर्ण साझेदारी गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो। पञ्जाबका लागि मार्कस स्टोइनिस ले २२ बलमा अविजित ६२ रन बनाए भने प्रभसिमरन सिंह ले ५९ रन जोडे । बलिङतर्फ युजवेन्द्र चहल ले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने पर्याप्त भएन। यो जितसँगै राजस्थान अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि