
काठमाडौं । चीन सरकारद्वारा उपलब्ध गराइएको चौथो किस्ताको आपतकालीन राहत सामग्री आज (सेप्टेम्बर ८, २०२६) अपरान्ह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को वायुसेनाको ‘Y-20A’ विशाल ट्रान्सपोर्ट विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको हो।
विमानस्थलमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता थियो।
यस पटकको चौथो किस्तामा प्राप्त राहत सामग्रीहरूमा उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलस स्टिलका ‘पर्मानेन्ट म्याग्नेट’ फ्लड पम्प, स्पेयर ब्याट्री, मर्चुअरी फ्रिजर र सोलार बत्तीहरू रहेका छन्। नेपालको तत्कालीन र अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर पठाइएका यी सामग्रीहरूले विपद् प्रभावित क्षेत्रको आपतकालीन उद्धार तथा त्यसपछिका कार्यहरूमा ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ।












समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल
नेपालको अपराजित यात्रामा पूर्णविराम, हङकङसँग १५ रनले पराजित
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र