
काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटनपछि लगभग ३ हजार उडान अवरुद्ध भएका छन् । राजधानी जकार्ताबाट लगभग १५० किलोमिटर टाढा अवस्थित अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति अबेर विस्फोट हुन सुरु भएको हो ।
यसले लाभाका फोहराहरु निस्कन थाले र ज्वालामुखीको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तमा पुग्यो । जकार्ताको सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार बिहान ६ बजे पुनः खोल्ने तालिका थियो। तर, विमानस्थल वरिपरि ज्वालामुखीको खरानीका कारण उडान स्थगित गरिएको छ ।
विमानस्थलले एक विज्ञप्तिमा भनेको छ कि उडानहरु अब भोलि बिहान १२ बजे पुनः सुरु हुनेछन्। नागरिक र सैन्य उडानहरुका लागि प्रयोग गरिने सानो हलिम पेर्दानाकुसुमा विमानस्थल पनि त्यतिन्जेलसम्म बन्द रहनेछ । सोमबार जकार्ताको सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुको लामो लाइन देखिए। टिकट फिर्ता र उडान कहिले सुरु हुन्छन् भन्ने जानकारी प्राप्त गर्न अलपत्र यात्रु लाइनमा बसेका छन् ।
फिना नामक एक यात्रु आइतबार बिहान पूर्वी जाभा सहर मलाङबाट जकार्ता फर्कने कार्यक्रम थियो । उनले विमानस्थलमा अराजकता भएको र उडान तालिका बारम्बार परिवर्तन भइरहेको जानकारी दिए ।












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक
माण्डु हाइड्रोपावरको सेयरको लकइन अवधि असोजमा सकिँदै