
काठमाडौं । नियामक निकायको ऐन विरुद्ध काम गर्ने १४ लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । राष्ट्र बैंकले पूँजी कोष नपु¥याउने तथा बचतकर्तालाई दिने ब्याजदर न्यून कायम गरेको पाएपछि कारबाही गरेको हो।
८ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष तोकिए भन्दा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ। लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ ।
संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाको पूँजीकोष ८ प्रतिशत भन्दा कम छ । यो लघुवित्त समस्याग्रस्त घोषणा भएको र फुकुवाको क्रममा रहेको छ ।चालु आवको पुससम्ममा नाडेप लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई पनि न्यून पूँजीकोष अन्तर्गत कारबाही गरिएको बैंकले जनाएको छ । त्यसैगरी फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, यूनिक लघुवित्त र मातृभूमि लघुवित्त वित्तीय संस्थाले पनि पूँजीकोष बढाउनुपर्ने अवस्था देखिएको बैंकले जनाएको छ । तर, सञ्चालनमा रहेका अन्य ४५ वटा लघुवित्त वित्तीय संस्थाहरूले पूँजीकोषमा तोकिएको सीमा कायम गरेको बैंकले जनाएको छ ।
त्यस्तै लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप÷बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्छ । कालिका लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले तोकिएभन्दा न्यून ब्याजदर काम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकले नियम पालना नगर्ने लघुवित्तलाई पुर्ण पालनका लागि निर्देशन दिइसकेको छ । उल्लेखित लघुवित्त संस्थाहरुबाहेक सबै संस्थाले उक्त व्यवस्थाको पालना गरेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको सुपरीवेक्षकीय सूचना प्रणालीमा अभियान लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाले हालसम्म कुनै पनि तथ्यांक पठाएका छैनन् । श्रृजनशील लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले न्यून मात्रामा तथ्यांक पठाएको केन्द्रीय बैंकले जनाएको छ । तथ्यांक नपठाएका संस्थालाई विवरण पठाउन निर्देशन दिइएकोछ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो