
पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ । वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधाभन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत् रु. एक करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट रु. आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत रु. एक करोड २७ लाख ३३ हजार ८२ सङ्कलन गरेको छ ।
त्यस्तै दण्ड सजायबाट रु. २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट रु. तीन लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट रु. दुई करोड ८४ लाख चार हजार पाँच राजस्व सङ्कलन गरी कूल रु. चार करोड ५२ लाख आठ हजार छ सय २६ सङ्कलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए ।
निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चार वटा मुद्दा फैसला भएका छन् । बाँकी मुद्दा क्रमशः फैसला गरिँदै लगिने जनाइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मूलुकका गरी कूल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताए।
पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन् । जङ्गल ‘वाक’ तथा सफारी गर्दै घण्टौं कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताए । निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने