
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । यसअघि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो ।
उक्त समयभित्रमा ८७५ ले मात्रै नवीकरण गरेका थिए । नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरेको हो । शिक्षा मन्त्रालयबाट एक हजार ४७३ संस्थाले अनुमति लिएका छन् । ति मध्ये ८७५ वटाले मात्रै नवीकरण गरेका हुन् । बाँकी रहेका ५९८ संस्थालाई नवीकरणका लागि आह्वान गरिएको हो ।
नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई भदौ २७ गतेभित्र सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आवेदन दिन भनेको हो । उक्त समयभित्र नवीकरण नहुने संस्थाहरूको अनुमति पत्र खारेज गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले नवीकरणका लागि आह्वान गरेकी थिइन । २०७३ सालदेखि नवीकरण हुन नसकेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरिएको थियो । जसमा मन्त्रालयमा दर्ता भएकामध्ये ५९८ ले नवीकरण गरेका थिएनन् । मन्त्रालयले उनीहरूलाई एक पटक नवीकरणका लागि मौका दिएको हो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व