
काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) र एशियन इन्टरनेशनल युनिभर्सिटी (AIU) बीचको सहकार्यमा सञ्चालन हुने एमबीबीएस छात्रवृत्ति कार्यक्रमको छनोट परीक्षा भोलि शनिबार हुदैछ l यस कार्यक्रमअन्तर्गत २ जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। परीक्षा काठमाडौंको इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोकमा बिहान ११ बजे सुरु हुने छ। छात्रवृत्तिका लागि छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित प्रश्नपत्रमार्फत सञ्चालन गरिनेछ। परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र मोबाइल र इमेलमार्फत पठाइएको छ। ढिलो प्रवेश तथा विद्युतीय उपकरण प्रयोग निषेध गरिएको छ।
गैरआवासीय नेपाली संघ (NRNA) ले एशियन इन्टरनेशनल युनिभर्सिटी (Asian International University – AIU) सँग सहकार्य गर्दै पूर्ण छात्रवृत्तिसहितको एमबीबीएस कार्यक्रमअन्तर्गत २ जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक जनशक्तिको अभावका कारण धेरै बिरामीहरूले समयमै उपचार नपाई ज्यान गुमाउने जोखिम बढ्दै गएको र विशेषगरी देशभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको समस्यालाई मध्यनजर गर्दै दुई जना नेपाली विद्यार्थीका लागि ६ वर्षे पूर्ण एमबिबिएस छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो। यो कार्यक्रम विशेषगरी जेहेन्दार, आर्थिक रूपमा कमजोर तथा चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको छ।
छात्रवृत्ति प्राप्त गर्ने दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम दुई वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको खाना तथा बसोबाससहित सम्पूर्ण अध्ययन खर्च विश्वविद्यालयले नै व्यहोर्ने छ।
यो पहलले नेपालमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा दीर्घकालीन रूपमा स्वास्थ्यकर्मीको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू