अमेरिका–इरान बीचको दोस्रो चरणको वार्ताको तयारी पुरा 

काठमाडौँ ।पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामावादमा हुने दोस्रो चरणको वार्ताका लागि तयारी पूरा भएको जानकारी सोमवार पाकिस्तानका लागि इरानी राजदूत रजा अमिरी मोघदामलाई दिएका छन् । गृह मन्त्रालयकाअनुसार मन्त्री नकवीले सो कुराको जानकारी गराएका हुन् ।

एक विज्ञप्तिअनुसार मन्त्रीले राजदुतसँग दोस्रो चरणको वार्ताको प्रवन्धका विषयमा छलफल गर्न भेट गरेका थिए । सो क्रममा उनले भ्रमणमा आउने विदेशी प्रतिनिधिमण्डलका लागि फुलप्रूफ(अचुक) सुरक्षा व्यवस्था मिलाइएको बताए । मन्त्रीले संवाद र वार्ताका माध्यमबाट विवाद समाधान गर्ने महत्वमा जोड दिँदै दीर्घकालीन क्षेत्रीय स्थिरता र शान्तिका लागि दिगो समाधान आवश्यक रहेको उल्लेख गरे । विज्ञप्तिमा जनाइएअनुसार इरानी राजदुतले यस क्षेत्रमा तनाव कम गर्न र संवादलाई सहज बनाउने प्रयासमा पाकिस्तानले निर्वाह गरेको सकारात्मक र रचनात्मक भुमिकाको प्रशंसा गरे ।

सोही दिन सबेरै गृहमन्त्रीले इस्लामावादस्थित अमेरिकी दुतावासको भ्रमण गरी इस्लामावाद वार्ताको दोस्रो चरणका लागि गरिएको सुरक्षा व्यवस्थाबारे अमेरिकी पक्षलाई जानकारी गराएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार