
काठमाडौं । पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ अब उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने भएका छन्। शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो। पछिल्लो राजनीतिक उतारचढावपछि घिसिङ पुनः आफ्नै दलको नेतृत्वमा फर्किएका हुन्।
यसअघि उनी उज्यालो नेपाल पार्टीका संरक्षक थिए र करिब दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने घोषणा गरिएको थियो। तर, उक्त सहकार्य अन्तिम चरणमा पुगेर पनि टुटेपछि घिसिङ पुनः उनेपाको अध्यक्ष बनेका हुन्।
पार्टी स्रोतका अनुसार रास्वपाका सभापति रवि लामिछाने र कुलमान घिसिङबीच पछिल्ला दुई दिन चलेका संवादले कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि एकताको सहमति अन्त्य भएको हो। यसअघि पुस १४ गते दुवै पक्षबीच एकता गर्ने समझदारी भएको थियो र सोही आधारमा घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति पनि गरिएको थियो।
तर वार्ताको क्रममा पार्टीको वैचारिक दिशादेखि संगठन संरचनासम्मका विषयमा मतभेद बढ्दै गयो। घिसिङले पार्टीलाई समाजवादी धारणामा लैजानुपर्ने, नेतृत्व संरचना विस्तार गर्नुपर्ने र केन्द्रीय तहमा थप प्रतिनिधित्व आवश्यक पर्ने प्रस्ताव राखेका थिए। ती विषयमा सहमति नजुट्दा एकता प्रक्रिया अघि बढ्न सकेन।
यसअघि सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा सहभागिता जनाएको विषयलाई लिएर आलोचना भएपछि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीबाट अलग हुँदै राजनीतिक पुनर्संरचनाको प्रयास गरेका थिए। सोही क्रममा उनी रास्वपासँग संवादमा थिए।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना