
घरेलु टोली नेपालले आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ ।
समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो । नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो । बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो। अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ ।
यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो । भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो। भुटान तीन अंकसहित समूह उपविजेता बन्यो । माल्दिभ्सले भने अंकविहीन रह्यो । भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो। तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा मैदान उत्रिएको थियो। उसलाई जितको विकल्प थिएन।
भारतले अब सेमिफाइनलमा साबिक उपविजेता बंगलादेशसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने