
गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता ३००० दशमलव ८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८८ प्रतिशत अर्थात २६ दशमलव ३५ अंक घटेर २९७४ दशमलव ४६ विन्दुमा झरेको हो ।
गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन बजार घटेको थियो भने दुई कारोबार दिन सामान्य अंक बढेको थियो । गत साता नेप्से प्रतिरोध परीक्षणमा देखिएको छ । हाल नेप्सेको प्रतिरोध क्षेत्र २९३० देखि ३००५ सम्म रहेको छ । गत साता नेप्सेले सोही क्षेत्र परीक्षण गरेको हो ।
यस साता सो प्रतिरोधलाई तोडेर उकालो लागेमा ३१७० देखि ३२३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ । तर सो क्षेत्रबाट ओरालो लागेमा भने २६०० देखि २६६० को क्षेत्रमा टेवा पाउन देखिन्छ । गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ । यसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ । साताको अन्तिम कारोबार दिन भने नेप्सेले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा बजार घट्न सक्ने संकेत गर्दछ ।
गत साता घटेपनि भोल्यूम भने बलियो रहेको छ । गत साता नेप्सेमा दैनिक औषतमा २२ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६.३९ प्रतिशत बढी हो ।













समाचार
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
सातादिनमा १.९८ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?
साता दिनमै सुनको मूल्यमा ३३ सयको गिराव, तोलाको कति ?
विश्वकप फुटबल : बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना