सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब ९६ करोड

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १० दशमलव ९८ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६७७ दशमलव ३२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५६ अंकले घटेर ४५० दशमलव ६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये २ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । आज सेयर बजार ६ अर्ब ९६ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब भन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर ७४ हजार ८६४ पटक खरिद बिक्री हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

दुई कम्पनीमा सकारात्मक सर्किट

सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द हुँदा ७७ कम्पनीको सेयर मूल्य बढ्यो । सेयर मूल्य बढ्ने कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज सेयर बजारमा न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्क सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । आज न्यादी हाइड्रोपावरको सेयर मूल्य ७४ रुपैयाँले बढेर ८१४ रुपैयाँ पुगेको छ । त्यस्तै गार्डियन माइक्रोको सेयर मूल्य ३३ रुपैयाँ १० पैसाले बढेर ३६४ रुपैयाँ २० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्य लगातार दोस्रो दिन पनि सर्किट लागेर कारोबार भएको हो । यो कम्पनीको सेयर मूल्य हिजोदेखि मात्रै कारोबारमा आएको हो ।

आज धेरै मूल्य बढ्ने कम्पनीहरुमा नेपाल रिपब्लीक मिडिया, एनएमबि डिबेन्चर २०८९/९० र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । आज रिपब्लीक मिडियाको सेयर मुल्य ४९ रुपैयाँले बढेर ६०३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.८४ प्रतिशतले धेरै हो ।

त्यस्तै आज एनएमबि डिबेन्चरको सेयर मूल्य पनि ६.४३ प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ पुगेको  छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५.७८ प्रतिशत अर्थात् ६३ रुपैयाँ ९० पैसाले बढेर १ हजार १६९ रुपैयाँ पुगेको छ ।

बोटलर्स नेपाल र उपकार लघुवित्तको मूल्यमा नकारात्मक सर्किट

सोमबार सेयर बजार दोहोरो अंकले भटेर कारोबार बन्द हुँदा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसमध्ये बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आज बोटलर्स नेपालको सेयर मूल्य १ हजार ९५५ रुपैयाँ ८० पैसाले घटेर १७ हजार ६०४ रुपैयाँ पुगेको छ । त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य पनि ६३० रुपैयाँले घटेर ५ हजार ६७० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज उपर मादी हाइड्रोपावरको सेयर मुल्य पनि १०५ रुपैयाँ १० पैसाले घटेर १ हजार १६९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२४ प्रतिशतले कम हो । आज सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८.१० प्रतिशत अर्थात् २०८ रुपैयाँ १० पैसाले घटेर २ हजार ३५९ रुपैयाँ ९० पैसा पुगेको छ । आजको कारोबार बन्द हुँदा अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ४१ रुपैयाँ ५० पैसाले घटेर ६२२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.२५ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार