
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको छ। डेढ दशकभन्दा लामो व्यवसायिक यात्रा तय गरेको कम्पनीले यस सुखद् अवसरमा आफ्ना बीमित, अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै १८ वर्षका मुख्य उपलब्धि र वित्तीय विवरणहरु सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार एशियन लाइफको वित्तीय स्थिति अत्यन्त सबल देखिएको छ। कम्पनीको अधिकृत पुँजी ६ अर्ब रुपैयाँ पुगेको छ भने चुक्तापुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ (५ प्रतिशत बोनस शेयर सूचीकरण पश्चात्) कायम भएको छ।
कम्पनीको कुल लगानी ५० अर्ब ४५ करोड रुपैयाँ, जीवन बीमा कोष ५० अर्ब ८५ लाख रुपैयाँ (२०८२ पुस मसान्तसम्म) , कुल बीमाशुल्क आर्जन (सुरुदेखि) ६७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कुल बीमाशुल्क आर्जन भने ६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
एशियन लाइफले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गर्दै बीमा सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन सफल भएको छ।
कम्पनीले २० लाख ४३ हजारभन्दा बढी बीमालेख जारी गरेको छ ।
१ लाख २२ हजारअभिकर्ता संख्या रहेको छ भने शाखा तथा उपशाखा संख्या १२७ वटा रहेका छ र कर्मचारी संख्या ४३५ जना पुगेको छ ।
कम्पनीले आफ्नो लगानीलाई विविधीकरण गर्दै हवाई, पर्यटन, जलविद्युत, बैंक र बीमा क्षेत्रमा समेत लगानी विस्तार गरेको छ। यसका साथै एशियन क्यापिटल यसको सहायक कम्पनीका रुपमा रहेको छ।











समाचार
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
असफलता लुकाउन राज्य अराजकताको प्रायोजकः महामन्त्री प्रदीप पौडेल
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र