
प्तरी जिल्लाको राजविराजमा मंगलबार झाँकीसहित रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गरेको छ । कृष्णजन्माष्मीको अवसरमा कृष्ण महारथयात्रा मूल समारोह समितिद्वारा राजविराजमा रथ यात्रा निकालेको हो ।
राजविराज ९ मलेठ स्थित रहेको कृष्णमन्दिरबाट विभिन्न झाँकीसहित निकालिएको रथयात्रा राजविराज नगरपालिकाको विभिन्न चौक तथा बजार परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर समापन गरिएको आयोजक समितिले जनाएको छ ।
मूल समारोह समितिका संयोजक अनिल यादवको नेतृत्व निकालिएको रथयात्रामा राजविराज नगरपालिकाका लिलम्वीत प्रमुख भिमराज यादव, नगरका प्रवक्ता जय नारायण मण्डल,७ का वडाध्यष सुभाषचन्द्र यादव सहित जनप्रतिनिधिहरु, राजनीति दलका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी , स्थानीय यूवाहरु तथा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता थियो ।
रथयात्रामा सहभागीहरुलाई सप्तरी युथ नेपालसहितका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले ठाउँ–ठाउँमा सर्वत, पानीको व्यवस्था समेत गरेका थिए ।













समाचार
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ