
काठमाडौं । मुक्कुम्लुङमा भइरहेको अतिक्रमण धार्मिक, सांस्कृतिक रूपमा याक्थुङलाई दास बनाउने तर्फ केन्द्रित छ आरोप लगाइएको छ । योङ इन्डिजिनिष्ट लिग विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
‘हजारौँ वर्षदेखि आस्थाको केन्द्र मानिँदै आएको मुक्कुम्लुङमा केवलकार निर्माण गर्ने योजना विकासको नाममा केही निजी व्यापारीलाई आदिवासी आस्थाका केन्द्रहरू दोहन गर्न अनुमति दिनु औपनिवेशिक कार्य भएको बताइएको छ । नेपाल सरकारले ILO १६९ र UNDRIP मा हस्ताक्षर गरिसकेको छ । जसको प्रत्यक्ष अर्थ सरकार स्वदेशी राष्ट्रहरूको स्वशासन र आत्मनिर्णयलाई उच्च सम्मान गर्छ । तर, यसको उल्टो मुक्कुम्लुङमा भइरहेको अतिक्रमण धार्मिक, सांस्कृतिक रूपमा लिम्बु(याक्थुङ)लाई उपनिवेश बनाउने, दास बनाउने तर्फ केन्द्रित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै स्वदेशी जनतासँग पूर्वजानकारीसहितको सहमति नलिई जबरजस्ती परियोजना अघि बढाइनु औपनिवेशिक विस्तारवादको प्रमाण रहेको आरोप पनि लगाइएको छ ।
‘उपनिवेश हामीलाई किन्चित स्वीकार्य छैन । अहिले मुक्कुमलुंगमा आफ्नो आस्थाको धरोहर बचाउन मुन्धुम प्रति आस्थावानहरु जीवन मरणको सवाल बनाएका छन्, अन्य स्वदेशी राष्ट्रहरुले ऐक्यबद्धता जनाएर आन्दोलित भएका छन् । आस्थावानहरु लगायत बिभिन्न राजनीतिक दल संघर्षको अगुवाई गरिरहेको छ । यसैक्रममा फागुन ८ गते हजारौं जनता सहित नेतृत्वहरु ‘मुक्कुमलुंग बचाउँ पद यात्रा’ को निम्ति यात्रारत रहनुहुने भएको हुदाँ योङ इन्डिजिनिष्ट लिग स्पोट रक्षार्थ खटिने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ । व्यापारीहरूले सरकारी सुरक्षा दस्ताको दुरुपयोग गर्दै भाडाका गुण्डामा परिणत गराई स्वदेशी अधिकारवादीहरूलाई आक्रमण गरी घाइते बनाउने तथा धरपकड गर्ने कार्य पूर्णरूपमा अस्वीकार्य रहेको पनि अरोप लगाइएको छ । राज्यसत्ताधारी सभ्रान्तहरूले सुरक्षाकर्मी तथा भाडाका गुण्डाहरू प्रयोग गरेर स्वदेशी जनतालाई उनीहरूको भूमि, भूक्षेत्र तथा स्रोतहरूबाट विस्थापित गर्न खोज्छन् भने, योङ इन्डिजिनिष्ट लिग सशक्त प्रतिकार गर्न पूर्ण रूपमा तयार पनि बताइएको छ ।
विज्ञप्तिमा नेपाली सुरक्षाकर्मीहरू यदि केवल उपनिवेशवादलाई जोगाउन मात्र खटाइने हुन् भने, हामी हाम्रो जनताको सुरक्षा आफैँ गर्न सक्षम छौँ । यस्तो जबर्जस्ती कार्यका कारण उत्पन्न हुने जुनसुकै परिणामको सम्पूर्ण जिम्मेवारी सरकार आफैँले लिनुपर्नेछ ।














समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि