
काठमाडौं । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए ।
‘वशिष्ठ ऋषिले राजा दिलीपलाई कामदा एकादशीको माहात्म्य सर्वप्रथम सुनाउनुभएको थियो । यो विषय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई पनि सुनाउनुभएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ’, उनले भने । उनका अनुसार कामदा एकादशी पापरुपी दाउराको भारीलाई डढाउने डढेलोको स्वरुप भएको वर्णन ती ग्रन्थमा गरिएको छ ।
रत्नपुर नाम गरेको नगरमा पति ललित गन्धर्व र पत्नी ललिता अप्सरा एकअर्कालाई प्रेम गरेर बसेका थिए । गन्धर्वको समूहमा गानाबजाना गर्ने क्रममा पति ललित पत्नी ललितालाई सम्झेर ताल, लय बिग्रियो । ललितले गीतको लय बिगारेको कुरा कर्कोटकले पुण्डरीकलाई बताएपछि श्राप दिए । फलस्वरुप ललित राक्षस भएर जङ्गलमा रहन थाले । पत्नी ललिताले थाहा पाएर चैत्र शुक्ल एकादशीमा कामदा एकादशीको विधिपूर्वक व्रत एवं पूजा, आराधना गरी पतिलाई पुरानै अवस्थामा फर्काउन सफल भएको विषय ती ग्रन्थमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिए ।
मनुष्यले आफ्नो र अर्काको कल्याणका लागि पनि कामदा एकादशीको व्रत गर्नुपर्ने एकादशी माहात्म्यलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस व्रतको प्रभावले मनुष्यको ब्रह्महत्या आदि पाप, पिशाचत्व र राक्षसत्व नाश भई त्रिलोकमा इच्छासिद्धि प्राप्त हुने पनि ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम