
कास्की । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा पोखरा आर्ट ग्यालरीमा आजदेखि दुईदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । अमेरिकासहित विभिन्न देशका एक दर्जन कलाकार र नेपाली कलाकारले तयार पारेका दुई दर्जन बढी कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा पानी रङसहित विभिन्न रङका चित्र समावेश गरिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संस्कृतिलाई पर्यटनसँग जोड्दै पोखरालाई कला क्षेत्रको गन्तव्यका रूपमा विकास गर्न आवश्यक भएको बताए । पोखरामा विसं २०२५ देखि ‘आर्ट ग्यालरी’ सञ्चालन गरी युवालाई कला क्षेत्रमा आकर्षण गर्दै आइएको बताउँदै उनले कलाक्षेत्रले स्थानीयस्तरदेखिका मौलिकतालाई चिनाउने उल्लेख गरे ।
नेपालको कलालाई विदेशसम्म प्रचारप्रसार र प्रवद्र्धन गर्न यस्ता प्रदर्शनी फलदायी हुने नगरप्रमखु आचार्यले बताउँदै यो प्रदर्शनी विदेशी र नेपाली कलाकारका नयाँनयाँ कलाका बारेमा अनुभव साटासाट गर्ने अवसर बनेको धारणा राखे । ‘कला सबैको हातबाट निस्कन सक्दैन, केही मानिसमा यस्ता किसिमका कला हुन्छन्, जो सबैले हेर्नु र जान्नु आवश्यक छ’, प्रमुख आचार्यले भने, ‘पछिल्लो समय कलाक्षेत्रबाट पनि आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था सिर्जन भएको छ ।’
गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारीले कला र साहित्यको उर्भरभूमि पोखराका कलाकृतिहरू विदेशसम्म पु¥याएर आर्थिकोपार्जन गर्न सकिने विचार राखिन । उनले पोखरा प्राकृतिक तथा सांस्कृतिक रूपमा धनी भएकाले कलाका माध्यमबाट विदेशी पर्यटक आकर्षण गर्न सकिने बताइन् । ललितकला प्रज्ञा–प्रतिष्ठान आधुनिक कला शाखाका संयोजक सौरगङ्गा दर्शनधारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विदेशी कलाकारहरूले आ–आफ्नो भनाइ राखेका थिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व