
काठमाडौं । भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको हो ।
नेपाल पर्यटन बोर्डका निमित्तनिर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बङ्गलादेशबाट आएका १८५ जनाको कर्पोरेट टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरे ।
गत भदौ १० गते भोटेकोशी बाढीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसम्बद्ध सङ्घसंस्था लागेका छन् । रसुवा, धादिङ, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गरिएको छ ।
‘नेपाल कलिङ अभियान’पछि बङ्गलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ प्रतिनिधि नेपाल भ्रमणका लागि आएका हुन् । थप ३० जना चाँडै नेपाल आउने कार्यक्रम छ ।
नेपालमा हालैको बाढीका कारण अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे केही नकारात्मक धारणा देखिएको अवस्थामा यति ठुलो कर्पोरेट टोलीको आगमनलाई सकारात्मक सन्देशका रूपमा हेरिएको बोर्डका प्रवक्तासमेत रहनुभएका निमित्त निर्देशक शर्माले बताए ।
बङ्गलादेशका पाहुनाले नेपालको आतिथ्यताप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित, पर्यटकका लागि खुला र आतिथ्यका लागि तयार रहेको प्रतिक्रिया दिँदै अन्यलाई पनि नेपाल भ्रमणका लागि आह्वान गरेका छन् ।
वाल्टन प्लाजाको भ्रमणले नेपाल र बङ्गलादेशबिचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ । प्राकृतिक विपद्पछि विदेशी पर्यटक तथा कर्पोरेट समूहले नेपाललाई आफ्नो भ्रमण गन्तव्यका रूपमा रोज्नु आफैँमा महत्त्वपूर्ण भएको बताइएको छ । त्यसैगरी, भारतसहित सार्क राष्ट्रका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्दै नेपाल सुरक्षित रहेको सन्देशसहितको तस्बिर सार्वजनिक गरेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम