
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी छन् । सांसद अशोक कुमार चौधरीले राखेको प्रश्नमा मन्त्री भट्टराईले राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी हुन् ।
‘विश्वविद्यालयमा हुने हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन, त्यसका लागि निर्मम ढंगबाट लागू गर्न कारबाही गर्न तयार हुनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।
शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्रमा ठुला वा साना कुनै पनि दलको हस्तक्षेप हुनु नहुने बताइन् । त्रिभुवन विश्वविद्यालयमा सिर्जना भएका समस्याहरू लामो समयदेखिको अव्यवस्थाको नतिजा रहेको समेत उनले बताइन् ।
‘यसलाई हामी सबैले स्विकार्नुपर्छ । यसलाई क्रमशः सुधार गर्नका लागि नीतिगत तथा व्यवस्थापकीय सुधारका कार्यहरू हुँदै गरेका छन् । आगामी दिनमा त्यस्ता कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ,’ उनले भनिन् ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै