
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको संस्कार र संस्कृति संरक्षणमा तीज पर्वले सहयोग पुर्याएको बताएका छन् । ऊर्जा मन्त्रालयलमा आज आयोजित तीज कार्यक्रममा मन्त्री खड्काले महिलाका पीर र वेदनालाई पोख्ने पर्वका रुपमा मनाइँदै आएको तीजले पछिल्लो समय समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
मन्त्री खड्काले विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति भएको मुलुकलाई एक सुत्रमा बाँध्न यस्ता चाडपर्वले विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे । तीज पर्वलाई परिवारजनसँगको भेटको चाडपर्वका रुपमा लिनुपर्ने उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव सुरेश आचार्यलगायतले सांस्कृतिक पर्व तीजले सबैलाई एकताबद्ध बनाएर अगाडि बढाउन सहयोग पुग्ने बताए ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज