
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका छन् । यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए । द्रविड २०१४ र २०१५ सिजनमा टिम निर्देशक र मेन्टरको रूपमा काम गरेका थिए । २०२१ मा उनी भारतीय पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले गत जुनमा भारतलाई ११ वर्ष पछि पहिलो पटक आइसिसी उपाधि जिताएर आफ्नो कार्यकाल समाप्त गरेका थिए ।
राजस्थानले भारतका पूर्व ब्याट्सम्यान विक्रम राठौरलाई सहायक प्रशिक्षकको रूपमा पनि अनुबन्ध गर्ने सम्भावना रहेको छ । भारतका पूर्व चयनकर्ता राठौर सन् २०१९ मा भारतको ब्याटिङ प्रशिक्षक बन्नुअघि एनसीएमा द्रविडको कोचिङ स्टाफमा थिए । आपिएलमा द्रविडले राजस्थान रोयल्सको जिम्मेवारी सम्हाल्ने छन् । सन् २०२१ देखि क्रिकेट निर्देशक रहेका कुमार संगाकाराले आफ्नो फ्रेन्चाइजलाई निरन्तरता दिँदै अन्य लिग(एसए २० मा पार्ल रोयल्स र सिपिएलमा बार्बाडोस रोयल्स) मा आफ्नो टोलीको रेखदेख गर्नेछन् ।
२००८ को पहिलो सिजनयता राजस्थानले आइपिएलको उपाधि जित्न सकेको छैन । २०२२ मा गुजरात टाइटन्ससँग फाइनलमा पराजित हुदै उपविजेता बनेको थियो । राजस्थानले २०२३ मा प्लेअफमा स्थान बनाउन असफल भयो । यसै बर्ष सिजनको उत्कृष्ट सुरुवातको बावजुद लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह