
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर र बेलायती पाउण्डको विनियमदर स्थिर रहेको छ भने युरोको मूल्य घटेको छ ।
राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपयौँ ३१ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको विनिमय सोही दरमा भएको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको विनियमदर पनि स्थिर रहेको छ । आज पाउण्ड अघिल्लो दिनकै मूल्यमा सटही भइरहेको छ । आज पाउण्ड एकको खरिदर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
त्यस्तै आज युरोको विनिमयदर भने घटेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४३ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा पुगेको छ ।
बिहीबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३६ पैसा पुगेको छ ।












समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज