
काठमाडौं । मंगलबार २५०० विन्दुभन्दा तल झरेको सेयर बजार एक दिनमै पुनः २५०० विन्दुमाथि फर्किएको छ । अघिल्लो दिन २४७० मा रहेको नेप्से आज २५१९ विन्दुमा पुगेको हो ।
आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा ४९ दशमलव १८ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार २५१९ दशमलव ५७ विन्दुमा पुगेको हो । जुन अघिल्लो दिनको भन्दा १.९९ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९१ अंकले बढेर ४५२ दशमलव ८० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.७८ प्रतिशतले बढी हो । आज १३ उपसूचक मध्ये एउटाको मात्रै सेयर मूल्य घटेको छ भने बाँकी १२ वटाको सेयर मूल्य बढेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ८१ करोड बढीको कारोबार भएको छ । बुधबार सेयर बजारमा ३२७ कम्पनीका १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ६९ हजार ४१८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै