
काठमाडौं । मंगलबार २५०० विन्दुभन्दा तल झरेको सेयर बजार एक दिनमै पुनः २५०० विन्दुमाथि फर्किएको छ । अघिल्लो दिन २४७० मा रहेको नेप्से आज २५१९ विन्दुमा पुगेको हो ।
आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा ४९ दशमलव १८ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार २५१९ दशमलव ५७ विन्दुमा पुगेको हो । जुन अघिल्लो दिनको भन्दा १.९९ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९१ अंकले बढेर ४५२ दशमलव ८० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.७८ प्रतिशतले बढी हो । आज १३ उपसूचक मध्ये एउटाको मात्रै सेयर मूल्य घटेको छ भने बाँकी १२ वटाको सेयर मूल्य बढेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोड बढीको कारोबार भएको बजारमा आज ४ अर्ब ८१ करोड बढीको कारोबार भएको छ । बुधबार सेयर बजारमा ३२७ कम्पनीका १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ६९ हजार ४१८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज