
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ भने युरोको मूल्य घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्रको मूल्य बढेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रुपैयाँ १४ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको थियो । त्यस्तै आजको विनिमयदर अनुसार युरोको मूल्य घटेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ पैसा ६० पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको थियो ।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा रहेको थियो । त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा तय भएको छ ।
त्यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५८ रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम भएको छ ।
आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ११ पैसा र बिक्रीदर ४ रुपैयाँ १३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
दक्षिण कोरियन वन १०० खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २० रुपैयाँ ०६ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसामा कारोबार हुनेछ ।
आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८६ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै