
काठमाडौं । नेपाली कांग्रेसको वातावरण विभाग सरसफाइमा सक्रिय देखिएको छ । विभागले पार्टी कार्यालय सानेपामा सरसफाइ गरेर आफ्नो विभागको कामलाई रफ्तारका साथ अघि बढाएको हो ।
पार्टी कार्यालय सरसफाइ कार्यक्रममा पार्टीका उपसभापपति धनराज गुरुङ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको समयत उपस्थिति रहेको थियो । विभागका प्रमुख कल्याण कुमार गुरुङले पार्टीका उपसभापति र वन मन्त्रीलाई निम्तो गरेर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।

नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको अगुवाइमा कांग्रेसको पार्टी कार्यालय र पार्टी कार्यलय परिसर वरपर सरसफाई गरिएको छ । केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र भलले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएको भन्दै कल्याण कुमार गुरुङ सयोजक रहेको नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सफाइ कार्यक्रमको अयोजना गरेको हो ।

पार्टीको उपसभापति धनराज गुरुङ र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले झाडु र सावेल चलाएर प्रारम्भ गरेकको अभियानले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा परिसर, पार्टी कार्यालय वरपर र नदी किनारको सरसफाई गरेको छ । सफाई कार्यक्रममा केन्द्रीय सदस्यहरु कुन्दन राज काफ्ले, लक्ष्मी खतिवडा, लक्ष्मी परियार, नानु बास्तोला अधिवक्ता सञ्जिव लामा लगायत तरुणदल, नेविसंघ, महिला संघ लगायतका अन्य भातृ संघ सस्थाका नेता कार्यकर्ता र विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो ।
विभागले गत शनिबार पशुपतिको गुहेश्वरी क्षेत्र आसपास र बागमति किनारमा सफाई गरेको थियो ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन