
काठमाडौँ । शिक्षकहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षकहरूको एक दिनको तलब कोषमा जम्मा गर्न भनेको हो ।
सोही आधारमा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई एक दिन बराबरको तलब कोषमा जम्मा गर्न भन्दै पत्राचार गरेको हो । असोज १४ गते मुख्य सचिवको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धमा बसेको सचिव बैठकले कर्मचारीको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रसेवक निजामती कर्मचारीहरूको हकमा राजपत्रांकित अधिकृतहरूको २ दिन र अन्य कर्मचारीहरूको १ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । सोही आधारमा स्वीकृत दरबन्दी र राहत अनुदानमा कार्यरत विद्यालयका शिक्षकहरूको १ दिनको तलब कोषमा जम्मा गर्न भनेको हो ।
मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई समेत उक्त निर्णय अनुसार तलब जम्मा गर्न अनुरोध गरेको छ । असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण ठुलो जनधनको क्षति भएको थियो ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला