
बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताएका छन् । शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताए ।
अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदत पोखरा बागलुङ इजलासमा आएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए ।
प्रधानन्यायाधीश शर्माले रु. ७९ करोड लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गरेका थिए ।
उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उनले न्यायसम्बन्धी जनचेतना फैलाउन अधिवक्ताहरूको मुख्य भूमिका रहेको बताए । उनले छिटो न्याय सम्पादन, सकभर जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सकेमा जनतालाई सहज हुने बताए ।
“दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ, पछिल्लो समय उच्च आदत पोखरा बागलुङ इजलासमा पुराना मुद्दा घटाएर सुविधा सम्पन्न भवनबाट सेवा दिँदा सहज भएको छ”, प्रधानन्यायाधीश शर्माले भने, “जनताले छिटो न्याय पाए मात्रै न्याय पाएको महसुस गर्नेछन्, प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ ।”
प्रन्या शर्माले देशभरमै बालविवाह, सम्बन्ध विच्छेद, जबरजस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उनको भनाइ छ । अदालतलाई प्रविधिमैत्री बनाउँदा मात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उनले सबै अदालतलाई प्रविधिमैत्री बनाइरहेको जानकारी दिए । जिल्ला अदालत नै पहिलो न्यायको ढोका रहेकाले सकभर जिल्ला अदालतबाटै न्याय दिने प्रणालीको विकास गर्न थालिएको उनले स्पष्ट पारे ।
जिल्ला अदालत बागलुङमा पछिल्ला केही वर्षयता मुद्दा फर्छ्योटको दरमा सुधार देखिएको अवलोकनका क्रममा पाइएको उनको भनाइ छ । आव २०८२/८३ मा जिल्ला अदालत बागलुङले कुल मुद्दाको लगतमध्ये ७७.९३ प्रतिशत मुद्दा फर्छ्योट गर्दै बाँकी मुद्दाको सङ्ख्या घटाएर १९७ पुर्याएको छ, जुन तथ्यांक पाँच वर्षयताकै थोरै बाँकी मुद्दा हो ।
प्रधानन्यायाधीश डा शर्माले आजै बिहान प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन गरेका थिए । उनले गण्डकी प्रदेशकै उत्कृष्ट शक्तिपीठको रूपमा रहेको कालिका भगवती मन्दिरको आज बिहान पूजाआजासहित कालिका देवीको दर्शन गरेका हुन् ।












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने