
काठमाडौं । भारतले न्युजिल्यान्ड विरुद्धको टि–२० सिरिज २ खेल अगावै जितेको छ । आइतबार भएको खेलमा पाहुना टोलिलाई ८ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा ३–को अग्रता लिदै सिरिज जितेको हो ।
गुवाहाटीमा भएको खेलमा तेस्रो टी–२० अन्तर्राष्ट्रिय न्युजिल्यान्ड २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रनमै बनाएको थियो । उक्त लक्ष्य भारतले २ विकेटको क्षतिमा १० ओभरमा भेटायो । पाहुना टोलिलाई सस्तैमा रोक्ने क्रममा भारतका जसप्रित बुमराहले ३ तथा रवि बिश्नोई र हार्दिक पाण्ड्याले समान २ विकेट लिए । सुरुआतमै हर्षित राणाले विकेट लिएपछि भारतले खेलमा नियन्त्रण बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा भारतले आक्रामक सुरुआत ग¥यो । सन्जु स्यामसन पहिलो बलमै आउट भए पनि इशान किशन र अभिषेक शर्माले लगातार चौका–छक्का प्रहार गर्दै खेलमा नियन्त्रण बनाए । यी दुईले १९ बलमै ५३ रनको साझेदारी गरे । अभिषेक शर्माले मात्र १४ बलमा अर्धशतक पूरा गर्दै भारतको दोस्रो छिटो टि ट्वान्टी अर्धशतक बनाएका हुन् । किशन १३ बलमा ३ चौका र २ छक्कामा २८ रन बनाएर आउट भए । कप्तान सूर्यकुमार यादव मैदानमा आएर अभिषेकसँग मिलेर खेल सहजै जित दिलाए । सूर्यकुमारले २६ बलमा ५७ रन र अभिषेक ६८ रनमा नटआउट रहे ।
अभिषेकले २० बलमा ७ चौका र ५ छक्का प्रहार गरे । सूर्यकुमारले ६ चौका र ३ छक्का प्रहार गरे ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना