
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । सूचना अनुसार प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा आवेदन दिन तथा आवेदनसाथ गोप्य खामवन्दीमा व्यावसायिक कार्ययोजना समेत पेस गर्नु सूचना प्रकाशित गरिएको हो ।
धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम यस पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव हुनुपर्नेछ । यसका साथै कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा प्रकाशित “नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” मा उपलब्ध रहेको छ ।
यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ । कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।












समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु