
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन्। पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाएका हुन्।
उनले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताए। रास्वपा अहिले दलाल पुँजीपति वर्गको मुख्य शक्तिका रूपमा अघि आएको उनको दाबी छ। उनले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको पनि आरोप लगाए। सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उनको आरोप छ।
उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताए। बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उनको भनाइ छ। उनले विगतमा कम्युनिष्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताए।
उनले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताए। वर्तमान सरकारका नीतिका कारण सुकुमवासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उनको भनाइ छ।
खनालले भने, ‘हिजो राजतन्त्रलाई हामी मुख्य शत्रु भन्थ्यौं‚ एक वेला नेपाली काँग्रेस थियो। अहिले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर मुख्य शत्रु भएको छ र सत्ता उसको हातमा छ। उसले व्यापक दमन शुरु गरेको छ। उसले ल्याएको नीति कार्यक्रम तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन।’ उनले सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर नयाँ ढंगले समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउन लाग्नुपर्नेमा जोड दिए।












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने