
काठमाडौं । नेपाल आयल निगमको चोरी भएको ट्याङ्कर दुई दिनपछि फेला परेको छ । कोशी प्रादेशिक कार्यालय विराटनगरको लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आईरहेको श्री नविन ढुवानी सेवा प्रा. लि. को टैकट्रक नं. को १ ख ६१९० ले २०८३ असार ६ गते ईण्डियन आयल कर्पोरेसनको सिलिगुरी डिपोबाट २० हजार लिटर पेट्रोल लोड लिई २०८३ असार ७ गते आइतबार बिहान करिब ८ बजे सिलिगुरी डिपो परिसरबाट करिव ३०० मिटरको दुरीमा रहेको कञ्चनबारीस्थित पार्किङ्गमा आए र २०८३ असार ८ गते बिहान ९ बजे उक्त टैंकर पार्किङ्गस्थलबाट हराएको भनि ढुवानीकर्ताले जानकारी गरएका थिए ।
निगमबाट जिल्ला प्रहरी कार्यालय मोरङलाई लिखित जानकारी गराई त्यहाँस्थित CCTV रेकर्डिङ हेर्दा २०८३ असार ८ गते बिहान ३:०३ बजे पार्किङ्गस्थलबाट बाहिरिएको र नोवेल हस्पिटलतर्फ मोडिएको जानकारी प्राप्त भए पछि तत्कालै सोही दिशातर्फ निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताबाट खोजी कार्य भएको थियो ।
निगमबाट करिव १७ कि.मि. को दुरीमा सुनसरी जिल्ला भोक्राहा गा.पा.-०८ स्थित हुलाकी राजमार्गमा बेवारिसे र ताला काटिएको अवस्थामा उक्त टैकर फेला परेको थियो । सोहि स्थानमा नै जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी, ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कागजात पठाएको र सोहि दिन उक्त टैकट्रकलाई निगमको डिपोसँगै रहेको पार्किङ्गमा ल्याई सिल गरी राखिएको थियो ।
आज १ बजे निगममा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम र ढुवानीकर्ताका प्रतिनिधिहरुको रोवहरमा उक्त टैकट्रकको सिल खोलि गुणस्तर तथा परिमाणको नापजाँच गर्दा गुणस्तर ठीक पाइएको । टैंकरबाट २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पाइयोको नेपाल आयल निगम कोशी प्रदेशको कार्यालयले जनएको छ ।
टैंकरमा बाँकी रहेको १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरियो । साथै निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि