
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफा थोरैले बढेको हो ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले ३४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९५ प्रतिशतले धेरै हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ३३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत बर्षमा कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । हाल कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब २९ करोड रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १७ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको सेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)र ९.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.६५ रुपैयाँ रहेको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?