
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले बैंकिङ प्रणाली पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंक शाखा कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका हुन् ।
‘६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण भएको थियो । तर आन्दोलनकारीहरूले बैंक नै लक्षित गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर पुगेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सबै सिस्टमहरू ठिक छन्,’ उनले भने । गभर्नर पौडेलले बैंककर्मीहरूको मनोबल बढाउने आवश्यकता रहेको पनि बताए । ‘अहिले सबैको मनोबल घटेको छ । यसअघि पनि हामीलाई मनोबल कायम राख्न चुनौती थियो । अहिले जे घटना भयो त्यसले समस्या थपेको छ, तर समाधानका लागि हामी तयारीमा छौं,’ उनले भने ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह