काठमाडौं । पछिल्लो समययता नेपाली बजारमा सुनको मूल्य महंगिदै गएको छ । सोहि क्रममा यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताभरजसो नै सुनको मूल्यमा वृद्धि देखिएको थियो ।
साताको पहिलो दिन, आइतबार हालसम्मकै उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यले सोमबार पुनः नयाँ रेकर्ड कायम गरेको थियो । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ६५ हजार ६०० रूपेयाँ पुग्यो । त्यस्तै, सोमबारको कीर्तिमान मंगलबार नै तोडियो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रूपैयाँ पुग्यो ।
कीर्तिमान तोडिने क्रम त्यतिमै रोकिएन । आइतबारको सोमबार, सोमबारको मंगलबार र मंगलबार कायम भएको रेकर्ड बुधबार तोडियो । बुधबार सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च १ लाख ६६ हजार ७०० रुपैयाँ पुग्यो । लगतार चार दिन कीर्तिमान कायम भएको सुनको मूल्य बिहीबार भने सामान्य घट्यो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बिहीबारकै जस्तो १ लाख ६६ हजारमा कारोबार भएको थियो । यो एक हप्ताको कारोबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले मंगो भएको हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि, चाँदीको मुल्यले चौथो दिन सम्म निरन्तर रेकर्ड राखेको थियो । सोमबार चाँदी प्रतितोला २ हजार ९५ रूपैयाँ, मंगलबार २ हजार १०० रूपैयाँ र बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार १३५ रूपैयाँसम्म पुग्यो ।
त्यसपछिका दुई दिन भने चाँदीको मुल्यमा सामान्य कमी आई साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला २ हजार ६० रुपैयाँ कायम भयो । यसरी, यो साता चाँदीको भाउ केहि सस्तिएको छ । साताभरमा चाँदी तोलामा १५ रूपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकमा देखिन्छ ।
यो साता बिश्व ब्यापी रुपमा सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो साताहरूझै यो साता पनि सुन र चाँदी दुवैको मुल्यले एक पछि अर्को गर्दै बिश्व ब्यापी रुपमा नयाँ रेकर्ड कायम गरेको हो । सोहि मूल्यवृद्धिको प्रभाव नेपाली सुनचाँदी बजारमा परेको हो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि