
काठमाडौं । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो । त्यसअघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो । सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले उनको पुनः राजनीतिक सक्रियतालाई रोकेका थिए । पार्टीभित्रको सन्तुलनमा पुनः बिग्रिएपछि अध्यक्ष ओली नै भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका हुन् ।
भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाइनन् । अब अहिले एमालेले गर्ने निर्णयले उनलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब