
काठमाडौं । प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औँल्याए। अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताए।
बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले पनि एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताए। बेलायतले आगामी वर्ष जी–२० को अध्यक्षता गर्दा एआईको सुरक्षित विकासलाई प्राथमिकताका साथ उठाउने उनले जानकारी दिए।
बैठकमा एआईबाट जीवन र मृत्युका निर्णय गर्ने अवस्था तथा स्वचालित हतियारको सम्भावित जोखिमबारे पनि चिन्ता व्यक्त गरिएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धका क्रममा मानिसको सट्टा एआईले निर्णय गर्ने अवस्था आउनुअघि मानव नियन्त्रण सुनिश्चित गर्नुपर्ने बताए।
यसैबीच, अमेरिका र चीनबीच एआईसम्बन्धी सुरक्षा घटनाबारे सूचना आदानप्रदान गर्ने सम्भावित नयाँ संयन्त्रबारे छलफल भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। बैठकले एआईबाट प्राप्त हुने लाभसँगै यसको सुरक्षा, मानव नियन्त्रण र जवाफदेहिताका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बहसलाई थप अघि बढाएको छ।












समाचार
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब