
मनाङ । निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।
भेलामा बोल्दै सांसद गुरुङले भने, ‘मनाङ प्राकृतिक सम्पदाको भण्डार हो, यहॉ जलविद्युत् बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना छ, जलविद्युत् आयोजनाले यसमा सहयोग पुग्नेछ ।’ एक सय ३५ मेगावाटको आयोजना निर्माण बिना अवरोध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको उनले बताए ।
यस आयोजनाले मनाङवासीका लागि कोभिड– १९ को बेला र बाढीपहिरोको समयमा सहयोग गरेको र हालै मात्र बेंसीसहर–चामे सडकको स्तारोन्नति गरिरहेको जनाएको छ । आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीदेखि कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो स्थानहरुमा विस्तार सुरु गरेको छ ।
सहजीकरण समितिमा नासों र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मस्र्याङ्दी जलविद्युत् कम्पनीका पाँच प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सदस्य छन् ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै