
चितवन । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा १ लाख बढी व्यक्तिले भ्रमण गरेका छन् । निकुञ्जमा यो अवधिमा १ लाख १० हजार ३४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका हुन् ।
भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता निकुञ्जमा ५३ हजार एक सय तीन जना नेपालीले भ्रमण गरेका छन् । सार्क मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् । आन्तरिक पर्यटक बढी रहेको थापाले बताए । पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार चार सय ५० राजस्व संकलन भएको छ ।
निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो ।













समाचार
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो