
काठमाडौं । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नगद १० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । आफनै नातेदार तथा अन्य ब्यक्तिहरु (हाडनाता) बाट बालात्कृत महिला तथा बालबालिकाहरुको उद्यार गृह ललितपूर स्थित अन्तरदृष्टी नेपाललाई पिडितहरुको पालन पोषण तथा अध्ययन अध्यापनका लागि सो सहयोग दिइएको हो ।
दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीका नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टोटोन चक्रवर्तीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रमा बीमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सिरिसा मारुजोला तथा प्रबन्धक सूर्य कृष्ण मानन्धरको समेत उपस्थिती थियो । उक्त अवसरमा सीईओ चक्रवर्तीले पिडित महिला तथा बालबालिकाहरुको निस्वार्थ रुपमा उद्यार तथा जीवन यापनको कार्यमा सहयोग गर्दै आईरहेको सामाजिक संस्था अन्तरदृष्टी नेपालका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै सानो प्रयास स्वरुप यो सहयोग उपलब्ध गर्न पाएकोमा खुशी ब्यक्त गरे ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह