
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनियमदर अनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङ लगायतको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०८ पैसा रहेको थियो ।
त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा रहेको थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिदर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४१ पैसा र बिक्रीदर १०० रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, दक्षिण कोरियन वन १०० कोे खरिदर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४७ पैसा कायम गरेको छ ।
यस्तै, ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३५३ रुपैयाँ १७ पैसा, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह